राजनीति

कमरेड पुष्पलाल सङ्घर्ष, समर्पण र धैर्यताका अद्वितीय पर्याय हुनुहुन्थ्यो : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालप्रति उच्च सम्मानसहित श्रद्धासुमन अर्पण गरेका छन्।

आज साउन ७ गते नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व एवं नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवसका अवसरमा उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्। 

पोखरेलले पुष्पलाल सङ्घर्ष, समर्पण र धैर्यताका अद्वितीय पर्याय भएको बताउँदै भने, 'नेता होइन, नीति प्रधान हुनुपर्छ' भन्ने मान्यतामा अडिग रहनुभएका उहाँ नेपाली राजनीतिमा तीन 'स' (सिद्धान्त, सङ्गठन र सङ्घर्ष) का सिद्धान्तकार हुनुहुन्छ।'

यस्तै, राजनीतिमा व्यक्तिवाद हाबी भइरहेको वर्तमान परिवेशमा विचार, सिद्धान्त र निष्ठामा जोड दिने पुष्पलालका कालजयी योगदानहरू सबैका लागि सदा स्मरणीय र प्रेरणादायी रहिरहने उनले जिकिर गरेका छन्।

'राजनीतिमा व्यक्तिवाद हाबी भइरहेको वर्तमान परिवेशमा विचार, सिद्धान्त र निष्ठामा जोड दिने कमरेड पुष्पलालका कालजयी योगदानहरू हामी सबैका लागि सदा स्मरणीय र प्रेरणादायी रहिरहनेछन्,'उनले सामाजिक सञ्जालमार्फत भने। 

प्रकाशित: ७ श्रावण २०८३ ०९:४४ बिहीबार