राजनीति

शंकर तिवारी भन्छन्: कांग्रेसले कसैसँग तालमेल गरेको छैन, गर्ने छैन

नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले नेपाली कांग्रेसले कसैसँग तालमेल वा गठबन्धन नगरेको बताउँदै त्यस्तो नगर्ने बताएका छन्। ठुला दलका नेताहरूको भेटघाटको समाचार आउँदै गर्दा युवा नेता तिवारीको यस्तो धारणा सार्वजनिक भएको हो।  

‘साथीहरूले नेपाली कांग्रेसले गठबन्धन गरेको हो, भन्ने प्रश्न गरेर कल आइरहेको छ। उत्तर प्रस्ट छ – काङ्ग्रेसले १६५ निर्वाचन क्षेत्रमा नै रुख चिन्हमा मतदान गर्ने गरी उम्मेदवार उठाएको छ,’ तिवारीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कसैसँग तालमेल, वा गठबन्धन गरेको छैन, गर्ने छैन।’

प्रकाशित: २० माघ २०८२ ०९:०८ मंगलबार