राजनीति

वाम एकताको चर्चाबिच आज एकै मञ्चमा उभिँदै शंकर र घनश्याम

नेकपा एमाले महासचिव शंकर पोखरेल र नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसाल लामो समयपछि आज (आइतबार) एउटै मञ्चमा देखिने भएका छन्।

आज हुने ‘वामपन्थी आन्दोलन, अब के गर्ने ?’ विषयक बहस कार्यक्रममा उनीहरू एउटै मञ्चमा देखिन लागेका हुन्। पोखरेल र भुसालसँगै पूर्वमन्त्री तथा नेकपाका नेता शक्ति बस्नेत पनि सहभागी हुने छन्।

कार्यक्रम आज दिउँसो १ बजे काठमाडौंको कार्की बैक्वेटमा हुने आयोजक संस्था समाजवाद अध्ययन केन्द्रले जनाएको छ। कार्यक्रममा वामपन्थी आन्दोलनबारे नेताहरूले धारणा राख्ने छन्।

गत २०७९ को निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसाल नेकपा एकीकृत समाजवादी हुँदै नेकपा संयुक्तको कार्यवाहक अध्यक्ष बनेका हुन्।

प्रकाशित: ३१ श्रावण २०८३ ०९:३१ आइतबार