राजनीति

प्रधानमन्त्रीलाई शाहीको सुझाव : कसैको दबाबमा नभइ विधिको शासनमा देश चलाउनुहोस

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सुशीला कार्कीलाई देश विधिको शासनमा चलाउन सुझाव दिएका छन्।

विदेशी राजदूतावास केन्द्रित भएर कसैको दबाबमा परेर सरकार नचलाउन भन्दै उनले विधिको शासन र न्यायिक प्रक्रिया मिलाएर सरकार चलाउन आग्रह गरे। 

'आन्दोलनको म्यान्डेटलाई नबिर्सिनुहोस शहीद,र घाइते एवं पीडित लाई न्याय दिनुहोस् यो देश कुनै एउटा समूह कुनै एउटा व्यक्तिको होइन यो सबैको साझा मुलुक हो,' सामाजिक सञ्जालमा लेख्दै शाहीले भने, 'त्यसैले विदेशी राजदूतावास केन्द्रित भएर कसैको दबाबमा परेर सरकार चलाउने होइन। विधिको शासन र न्यायिक प्रक्रिया मिलाएर सरकार चलाउने हो।'

प्रकाशित: २१ आश्विन २०८२ १०:३९ मंगलबार