प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वमा गठन भएको १५ सदस्यीय मन्त्रिपरिषद्मा उल्लेखनीय रूपमा महिला सहभागिता देखिएको छ। मन्त्रिपरिषद्मा पाँच जना महिला मन्त्री समेटिएका छन्, जसले सरकारको समावेशी चरित्रलाई झल्काएको छ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतमले पाएकी छन् भने सामान्य प्रशासन मन्त्रालय प्रतिभा रावलको जिम्मामा परेको छ। त्यस्तै, महिला, बालबालिका मन्त्रालय सीता वादीलाई दिइएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व निशा मेहताले सम्हाल्ने भएकी छन् भने कृषि मन्त्रालय गीता चौधरीको जिम्मेवारीमा परेको छ।
महिला सहभागिता बढ्दै गएको यो मन्त्रिपरिषद्ले लैङ्गिक समावेशीताको दिशामा सकारात्मक सन्देश दिएको विश्लेषण गरिएको छ।
यस्तै उनको मन्त्रिमण्डलमा जनजाती, थारु, मधेशी समुदायबाट पनि मन्त्री नियुक्त भएका छन्।
प्रकाशित: १३ चैत्र २०८२ १३:१० शुक्रबार