ललितपुर जिल्ला अदालतले अबदेखि खाजाको समयमा पनि सेवाग्राहीलाई सेवा दिने व्यवस्था गरेको छ।
अदालतको प्रशासन शाखाले सूचना जारी गर्दै कर्मचारीहरूलाई खाजा समयमा समेत सेवा प्रवाह नरोक्न निर्देशन दिएको हो।
यसअघि आइतबारदेखि बिहीबारसम्म १ः३० देखि २ः३० र शुक्रबार १ः०० देखि २ः०० बजेसम्म सेवा अवरुद्ध हुने गरेको थियो। तर, २०८२ चैत १७ गतेदेखि लागू हुने गरी उक्त समयमा पनि बिना अवरोध सेवा उपलब्ध गराइने अदालतले जनाएको छ।
प्रकाशित: १८ चैत्र २०८२ १३:४५ बुधबार