राजनीति

वरिष्ठ अधिवक्ता भण्डारीले गरे रविको पक्षमा हस्ताक्षर

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चालन गरेको हस्ताक्षर अभियानमा ऐक्यबद्धता जनाएका छन्।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असार ७ गतेदेखि हस्ताक्षर अभियान जारी राखेको छ। अभियानअन्तर्गत सोमबार रास्वपाको केन्द्रीय कार्यालय बनस्थली पुगेर भण्डारीले अभियानमा हस्ताक्षर गरेका हुन्।

पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछाने अहिले थुनामा छन्। रास्वपाले यसलाई ‘प्रतिशोध’ भनेको छ। यसविरुद्ध रास्वपाले हस्ताक्षर सङ्कलन गरेको हो।

पार्टीको तेस्रो स्थापना दिवसको अवसर पारेर लामिछानेले प्रहरी हिरासतबाटै असार ७ गते बीस पृष्ठको एक दस्ताबेज प्रस्तुत गरेका थिए। हस्ताक्षर सङ्कलनको बारेमा उनले त्यहीँ प्रस्ताव गरेका थिए। जसअनुरूप अहिले रास्वपाले हस्ताक्षर सङ्कलन गरिरहेको छ।

रास्वपाको यो हस्ताक्षर अभियानविरुद्ध मुख्यत: सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रश्न उठाइरहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरू राष्ट्रय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले मौन-समर्थन गरेको देखिन्छ।

प्रकाशित: ३० असार २०८२ १८:२३ सोमबार