राजनीति

राजर्षि विश्वविद्यालयको सिनेट: ३७ करोड ९३ लाख बजेट स्वीकृत

राजर्षि जनक विश्वविद्यालयको आज सम्पन्न १० औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि ३७ करोड ९३ लाख ८३ हजार बजेट स्वीकृत गरेको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण साहद्वारा प्रस्तुत बजेट तथा कार्यक्रम संशोधनसहित स्वीकृत गरेको हो।

प्रकाशित: ३० असार २०८२ २०:१२ सोमबार