राजनीति

तस्बिरमा हेर्नुहोस् ‘घण्टी घर’ मा रविको ‘इन्ट्री’

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

उच्च अदालतको आदेशपछि हिरासतमुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय ‘घण्टी घर’ पुगे।

लामो समयको हिरासत बसाइपछि पार्टी कार्यालय पुगेका लामिछानेलाई स्वागत गर्न हजारौंको संख्यामा नेता, कार्यकर्ता तथा शुभचिन्तकहरू वनस्थली ओर्लिएका थिए।

‘घण्टी घर’ प्रवेश गर्दा समर्थकले ‘रवि दाइ हाई हाई’, ‘आयो आयो बाघ आयो’ लगायतका नारा लगाएका थिए। उनले त्यहाँ उपस्थित जनसागरलाई सम्बोधन गर्दै आफ्नो भनाइ राखेका थिए। 

यो पनि पढ्नुहोस्

रविले भने- म सँग अब एक मुठी सास र सत्यको साहस मात्रै बाँकी छ

यो पनि पढ्नुहोस्

रविले भने- जेन-जीको विद्रोह अब क्रान्तिमा बदलिन्छ, सिंहदरबार बदल्न बाँकी छ

हेर्नुहोस् तस्बिहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: ६ पुस २०८२ १७:०३ आइतबार