नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज (सोमबार) बिहान ९ बजे पार्टी केन्द्रीय कार्यलयमा बस्दैछ।
पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यका अनुसार हिजोबाट सुरु भएको सचिवालयको बैठकको निरन्तरता आज पनि हुने भएको हो। हिजो निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको बैठक आज बिहान बस्न लागेको हो।
बैठकले आजैदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको बैठकका एजेण्डा तय गर्नेछ। यसैगरी, केन्द्रीय कमिटीको बैठक बिहान ११ बजेदेखि ललितपुरको भनीमण्डलस्थित रामवाग पार्टी प्यालेसमा सुरु हुँदैछ।
फागुनमा भएको निर्वाचनपछि पहिलो पटक हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यहरूलाई बोल्नका लागि समय उपलब्ध गराउने एमालेको तयारी छ।
प्रकाशित: ५ आश्विन २०८३ ०८:०१ सोमबार