राजनीति

स्रोत नखुलाएको भन्दै एमाले नेताले भने : पछिको आर्जन पनि अहिल्यै अनुमान गर्नुभएकोमा बधाई!

नेकपा एमालेका विशाल भट्टराईले सरकारका मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको विश्वासिलो स्रोत खुलाउनु पर्ने बताएका छन्।

पछिको आर्जन पनि अहिल्यै अनुमान गरेको भन्दै उनले यस्तो बताएका हुन्। 'एक जना पालिका प्रमुखले निर्वाचित भएपछि आफूसँग भएको ४ आना जग्गालाई ८ आना भनेर सार्वजनिक गरेपछि खुसुक्क भनेछन्- पछि थपिने पनि अहिल्यै भन्नु परेन,' उनले सामाजिक सञ्जालमा लेखे, 'अहिलेको सरकारका मन्त्रीज्युहरूले सम्पत्ति विवरणको विश्वासिलो श्रोत खुलाउनु भएन भने भन्नैपर्छ - पछिको आर्जन पनि अहिल्यै अनुमान गर्नुभएकोमा बधाई!'

प्रकाशित: ३० चैत्र २०८२ ०९:१७ सोमबार