राजनीति

उपसभामुखमा लामाले पाइन् राप्रपाको मात्र मत

राप्रपाकी सांसद सरस्वती लामालाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव अस्वीकृत भएको छ। उनको पक्षमा ५ मत मात्रै परेपछि प्रस्ताव अस्वीकृत भएको हो।

संसद्‍मा राप्रपाका पाँच सांसद छन्। उनको पक्षमा राप्रपाका सांसदले मात्र मत हालेका छन्। आजको बैठकमा २ सय ५७ सांसद उपस्थित थिए।

प्रकाशित: २७ चैत्र २०८२ १८:३१ शुक्रबार