राजनीति

स्काउटको प्रमुख आयुक्तमा बालेन निकट सन्तोष थापा नियुक्त

नेपाल स्काउट अन्तरिम राष्ट्रिय कार्यकारी समितिको प्रमुख आयुक्त पदमा सन्तोष कुमार थापा नियुक्त भएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह समूह निकट रहेका थापालाई सरकारले बुधबार उक्त पदमा नियुक्त गरेको हो।

नवनियुक्त प्रमुख आयुक्त थापालाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मन्त्रालयमा आयोजित एक कार्यक्रमबिच नियुक्ति पत्र हस्तान्तरण गरेका थिए।

स्थानीय तह चुनावमा पनि काठमाडाैं महानगरकाे प्रमुखमा बालेन शाहलाई विजयी बनाउन थापाले सहयोग गरेका थिए।

प्रकाशित: ६ श्रावण २०८३ २०:२२ बुधबार