रुपन्देहीको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
रास्वपाका खरेलले ५६ हजार ५५० मत ल्याएर विजयी भएका हुन्।
रास्वपाका खरेलका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले १२ हजार ८६१ मत पाए।
खरेलले उपाध्यक्ष पौडेललाई ४३ हजार ६८९ को मतान्तरले पराजित गरेका हुन । २०६४ यताका चार वटा निर्वाचनमा पौडेल यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आएका थिए। तर यसपाली भने उनी भारी मतान्तरले पराजित भएका हुन् ।
यस्तै, नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३५२ मत पाउँदा नेकपाका विश्वदिप पाण्डेले १ हजार ४०९ मत ल्याए।
यो क्षेत्रमा प्रत्यक्ष तर्फ कुल ८६ हजार ३०३ मत खसेको थियो । त्यसमा २ हजार २९० मत बदर भएको थियो भने ८४ हजार १३ मत सदर थियो।
प्रकाशित: २३ फाल्गुन २०८२ १२:०४ शनिबार



