राजनीति

मविरुद्ध संगठित रुपमा अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताएका छन्। 

बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्।

'बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर म विरुद्ध संगठित रुपमा अफवाह फैलाइएको छ,' अर्थमन्त्री डा.वाग्लेले भने, 'म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ।'

अहिले समिति बैठक जारी छ। अर्थमन्त्रीले आफ्नो धारणा राखिरहेका छन्।

प्रकाशित: २७ जेष्ठ २०८३ ०९:१४ बुधबार