सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीहरूसँग राजीनामा मागेको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताएका छन्।
मंगलबार नागरिक न्युजसँग कुराकानी गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले प्रधानमन्त्रीले मन्त्रीहरूको राजीनामा मागेको विषय भ्रामक रहेको बताएका हुन्।
पछिल्लो समय मन्त्रालयको जिम्मेवारीभन्दा राजनीतिक गतिविधिमा बढी केन्द्रित भएको भन्दै प्रधानमन्त्रीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री खरेललाई राजीनामा दिन सुझाएको भन्दै सामाजिक सञ्जालमा चर्चा चलेको थियो।
सोही विषयमा प्रष्टीकरण दिँदै मन्त्री खरेलले भने, ‘प्रधानमन्त्रीज्यूले राजीनामा माग्नुभएको छैन। यसमा कुनै सत्यता छैन।’
प्रकाशित: २२ पुस २०८२ १८:३० मंगलबार