राजनीति

पार्टीभित्र विवादको हल्ला ‘विकेन्डका स्न्याक्स’ : सभापति लामिछाने

रास्वपा सभापति लामिछानेले पार्टी तथा सरकारभित्र समस्या उत्पन्न भएको भन्दै बाहिर आएका चर्चालाई निराधार अफवाह भएको बताएका छन्। 

शनिबार साझ एक कार्यक्रममा उनले पार्टीभित्र विवाद बढेको, सरकार सञ्चालनमा समस्या आएको वा राजनीतिक रूपमा अप्ठ्यारो परिस्थिति सिर्जना भएको भन्ने चर्चामा कुनै सत्यता नरहेको भन्दै यस्ता हल्लालाई ‘विकेन्डका स्न्याक्स’ का रूपमा लिन आग्रह गरे।  

‘कहीँकतै केही गडबड भयो कि, केही बिग्रियो कि, राजनीतिक रूपमा अप्ठेरो पर्‍यो कि, झगडा पो पर्‍यो कि भनेर र्‍युमरहरू आउँछन्,’ लामिछानेले भने, ‘आज विकेन्ड पनि हो, ती र्‍युमरहरूलाई स्न्याक्सका रूपमा ग्रहण गर्नुहोला।’ 

उनले यस्ता हल्लाको वास्तविकता त्यसभन्दा बाहिर नरहेको भन्दै उनले भने, ‘र्‍युमरहरू स्न्याक्स मात्रै हुन्। त्यसको खास त्यसभन्दा बढी भ्यालु केही पनि छैन।’  

प्रकाशित: २४ श्रावण २०८३ १३:०२ आइतबार