राजनीति

उपसभामुख हटाउन सत्तारुढ दलको कदम आपत्तिजनकः माओवादी केन्द्र

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले उपसभामुख इन्दिरा रानालाई हटाउन सत्तारुढ दलहरुले सुरु गरेको अभियानप्रति आपत्ति जनाएको छ ।  

मंगलबार बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नी सापकोटाले सरकारले एकपछि अर्को अलोकप्रिय कदम चालिरहेको बताए । 

उनले भने, 'हामीलाई प्राप्त सूचनाअनुसार उपसभामुखलाई पहिलादेखि नै हटाउने प्रयास गरिरहेका थिए । अहिले भने हस्ताक्षर अभियान नै चलाइरहेका छन् । यो हेर्दै जाउँ केके हुन्छ ।'  

शिक्षा विधेयकसहित राष्ट्रिय जीवनका सबै क्षेत्रमा सरकार उल्टो गतिमा अघि बढेका बढाउँदै प्रवक्ता सापकोटाले सरकारको अलोकतान्त्रिक र अधिनायकवाद चरित्रका कारण राज्य व्यवस्थामा नै असर गरिरहेको बताए । यसले विरोधीहरुलाई अवसर प्रदान गरेको उनको भनाइ थियो ।

प्रकाशित: ३ भाद्र २०८२ १३:५२ मंगलबार