राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कोशी प्रदेश र मधेस प्रदेशका आफ्ना सबै संघीय सांसदलाई आज अपराह्न सिंहदरबारमा उपस्थित हुन निर्देशन दिएको छ।
पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा हुने विशेष बैठकमा समसामयिक राजनीतिक विषयमा निर्देशन, मार्गदर्शन तथा आवश्यक अपिल गरिने जनाइएको छ। त्यसका लागि कोशी र मधेस प्रदेशका सम्पूर्ण सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन संसदीय दलले निर्देशन दिएको हो।
बैठक केहीबेरमा सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ।
संघीय संसदीय दलले जारी गरेको सूचनामा कोशी र मधेस प्रदेशका सबै सदस्यलाई आफू जहाँ भए पनि निर्धारित समयमा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ।
प्रकाशित: १४ श्रावण २०८३ १६:५४ बिहीबार