राजनीति

रास्वपा महाधिवेशन : मतदानको समय थप

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको दोस्रो चरणको निर्वाचनमा मतदानको समय थप गरिएको छ। 

केन्द्रीय निर्वाचन आयोगले एक सूचना जारी गर्दै पूर्वनिर्धारित कार्यतालिका अनुसार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मतदान हुने व्यवस्था भएपनि मतदाताको पहुँच तथा उपस्थितिलाई मध्यनजर गर्दै मतदानको समय दिउँसो ४ : ३० बजेसम्म राखिएको छ। 

 

प्रकाशित: १२ असार २०८३ १६:०१ शुक्रबार