राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत शुक्रबार पदाधिकारीहरुको निर्वाचन हुँदैछ।
५ पदाधिकारीका लागि हुन लागेको निर्वाचनमा उपसभापति पदमा महिलातर्फ सोविता गौतम र तोसिमा कार्कीले प्रतिस्पर्धा गर्ने भएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको पदाधिकारी उम्मेदवारहरुको सूचीमा महिला उपसभापतिमा सोविता र तोसिमाको उम्मेदवारी परेको हो।
उपसभापति पुरुष तर्फ भने एक जनाको मात्र उम्मेदवारी परेकोमा डा स्वर्णिम वाग्ले निर्विरोध चयन भएका छन्।
यस्तै, महामन्त्री पदमा १ जनाका लागि १० जनाको उम्मेदवारी परेको छ। सह–महामन्त्री (खुला) तर्फ भने २ पदका लागि ११ जनाको उम्मेदवारी परेको छ भने सह–महामन्त्री महिला तर्फ १ पदका लागि ५ जनाको उम्मेदवारी परेको छ।
प्रकाशित: १२ असार २०८३ ११:४० शुक्रबार