प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो अग्रता कायमै राखेको छ।
पछिल्लो मतपरिणामअनुसार रास्वपा ३० लाख मतको नजिक पुगेको हो।
निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार घण्टी चुनाव चिह्न भएको रास्वपाले २९ लाख १ हजार ५ सय ८२ मत प्राप्त गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ७४ हजार १ सय ८ मत ल्याएको छ। त्यसैगरी, तेस्रो स्थानमा रहेको नेकपा एमालेले ८ लाख ४२ हजार ७७ मत प्राप्त गरेको छ।
समानुपातिकतर्फ चौथो स्थानमा रहेको नेपाल कम्युनिस्ट पार्टीले ४ लाख ६ हजार ९ सय ६० मत प्राप्त गरेको छ।
त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ८ हजार ९ सय २३ मत ल्याएको छ भने श्रम संस्कृति पार्टीले १ लाख ५८ हजार ७ सय ६४ मत पाएको छ।
प्रकाशित: २४ फाल्गुन २०८२ २१:४६ आइतबार