राजनीति

उम्मेदवार छनोट आन्तरिक लोकतन्त्रविपरीत भन्दै रास्वपा बागमती प्रदेश उपसभापतिले दिए राजीनामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टीको पदबाट राजीनामा दिएका छन्। 

उनले प्रदेश उपसभापति पद र साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन्। हुमागाईँले उम्मेदवार छनोट प्रक्रिया विधान, मापदण्ड र आन्तरिक लोकतन्त्रविपरीत सञ्चालन गरिएको आरोप लगाएका छन्। वर्षौँदेखि पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको उनको भनाइ छ।

उनी ०७९ को प्रतिनिधिसभा निर्वाचनमा एवं काभ्रे-२ का उम्मेदवार भएका थिए।

प्रकाशित: ७ फाल्गुन २०८२ ११:५७ बिहीबार