राजनीति

रास्वपा बागमती सभापतिले भनेः किन्तु न परन्तु, रविको विकल्प कल्पना गर्न सकिन्न

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बागमती प्रदेशका सभापति डा. अच्युतम् लामिछानेले पार्टीको नेतृत्वमा रवि लामिछानेको विकल्प कल्पना पनि गर्न नसकिने बताएका छन्। मंगलबार पार्टीको केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो दाबी गरेका हुन्।  

‘यो चिज निर्धक्क साथ भन्छौं, हामी अहिले सभापतिको नेतृत्वको कुनैपनि वैकल्पिक सोच हामीमा किन्तु, परन्तु कुनैपनि चिज लगाएर कल्पना पनि गर्न सक्ने विषय हामीमा होइन,’ प्रदेश सभापति लामिछानेले भने, ‘त्यसमा पनि बागमती प्रदेशको हिसाबले भन्दै गर्दा हामी राष्ट्रिय स्वतन्त्र पार्टीमा जति पनि आएका छौं।’  

रास्वपामा २००३ सालमा स्थापना भएको कांग्रेस र २००६ सालमा स्थापना भएका कम्युनिस्ट पार्टीमा चलेको हावा नलाग्ने उनले दाबी गरे। ‘हामी यो हावामा कदापि विश्वास गदैनौं र हामी त्यसको पक्षमा छैनौं,’ उनले भने।  

आफू सबैको कटिबद्धता रास्वपा र त्यसको नेतृत्व गरिरहेका सभापति रवि माथि नै निर्धक्क रहेको उनले बताए।

प्रकाशित: ७ आश्विन २०८२ २०:१० मंगलबार