राजनीति

महाधिवेशनमा प्रतिनिधिहरूको अपेक्षा निष्पक्षता र पारदर्शिता : विराजभक्त श्रेष्ठ

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विराजभक्त श्रेष्ठले पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको निर्वाचनमा नेतृत्व चयनका लागि भइरहेको निर्वाचन प्रक्रियामा प्रतिनिधिहरूले निष्पक्षता र पारदर्शिताको अपेक्षा गरेको बताए।

उनले उम्मेदवारले आफूले मत माग्नेभन्दा पनि प्रतिनिधिहरूले मूल्याङ्कन गरेर निर्णय गर्ने बताए। मतदाता सूचीको क्रमबारे केही प्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गरेको भन्दै उम्मेदवारले आफूहरूको नाम अपेक्षित क्रममा नराखिएको गुनासो सुन्न आएको बताए।

उनले त्यसमा कुनै नियतपूर्वक निर्णय गरिएको भन्दा पनि निश्चित प्रक्रिया वा सिद्धान्तका आधारमा सूची तयार गरिएको तर्क गरे।    

प्रकाशित: ११ असार २०८३ १२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App