राजनीति

कैलाली २ मा रास्वपाका केपी खनाल अगाडि, पछ्याउँदै एमाले

कैलाली जिल्ला निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ। पछिल्लो मत परिणाम अनुसार रास्वपाका उम्मेदवार केपी खनाल १ हजार ७ सय ७९ मतसहित पहिलो स्थानमा छन्।

खनाललाई नेकपा एमालेका उम्मेदवार सूर्य बहादुर थापाले १ हजार ५ सय ३० मतका साथ पछ्याइरहेका छन्। त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार विजय बहादुर स्वार १ हजार २ सय ९ मतसहित तेस्रो स्थानमा छन् भने नन्द बहादुर साउदले १ हजार ७२ मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरी भने २४८ मतका साथ पछि परेका छन्।

प्रकाशित: २२ फाल्गुन २०८२ २१:१६ शुक्रबार