राजनीति

कैलाली-३ मा रास्वपाका जोशी निर्वाचित

प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलालीको निर्वाचन क्षेत्र नं-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जगतप्रसाद जोशी निर्वाचित भएका छन्।

निर्वाचन अधिकृत पुस्कलराज प्रसाईंका अनुसार जोशीले २० हजार ३५९ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका वीरमान चौधरीले ११ हजार ९८३ मत प्राप्त गरे।

त्यस्तै, नेपाली कांग्रेसका भीम बडुवालले नौ हजार ७०६, नागरिक उन्मुक्ति पार्टी नेपालका विक्रम चौधरीले छ हजार ७४७, नेकपा एमालेका गौरीशङ्कर चौधरीले चार हजार ७५२ मत प्राप्त गरे।

कुल प्राप्त मतमध्ये तीन हजार ३१६ मत बदर भएको छ। कैलाली क्षेत्र नं-३ मा एक लाख नौ हजार १२२ मतदाता रहेकामा ६० हजार २९४ मत खसेको थियो।

प्रकाशित: २३ फाल्गुन २०८२ २१:४१ शनिबार