राजनीति

रास्वपा कोशी अधिवेशन: सभापतिमा राई विजयी

राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई विजयी भएका छन् ।  बुधबार राति सम्पन्न निर्वाचनको  मतगणना परिणाम अनुसार सभापतिका उम्मेदवार राईले २ सय ८० मत ल्याएर विजयी भएका हुन् ।  

राईका प्रतिष्पर्धी वर्तमान कोशी प्रदेश सभापति  गोमा  तामाङ(सरिन)ले १ सय ४१ मत ल्याएका छन् । कोशी प्रदेश सभापतिका लागि चार जनाले उम्मेदवारी दिएका थिए ।  

यस्तै प्रदेश सदस्य पदका लागि ७१ जनाको उम्मेदवारी परेको थियो  । रास्वपाको विधान अनुसार कोशी प्रदेश कार्यसमिति कुल ६१ सदस्यीय हुनेछ । मतदानबाट सभापति र सदस्यहरू चयन भएपछि निर्वाचित सदस्यहरूमध्येबाट उपसभापति, महामन्त्री, दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्ता चयन गरिने व्यवस्था छ ।

प्रकाशित: २८ जेष्ठ २०८३ १६:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App