जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले रास्वपाले जङ्गली रुप देखाएको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा फरक विचारप्रति रास्वपा समर्थक अराजक र हिंस्रक भएको भन्दै उनले उक्त टिप्पणी गरेका हुन्।
बस्नेतले भने, 'कुनै समय एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना कार्यकर्तालाई अरिङ्गाल र बाघ बन्न आफ्ना कार्यकर्तालाई निर्देशन दिन्थे। उक्त निर्देशन अहिले आएर रास्वपाका समर्थकहरूले भरपुर र अक्षरशः पालना गर्दैछन्।’
सामाजिक सञ्जालमा रास्वपा समर्थकहरूको प्राय: डरलाग्दा र हिंस्रक जंगली जनावरका सबै रूप, प्रवृत्ति र व्यवहारहरूमा देखिने उनको भनाइ छ।
नीति एमालेको, नेतृत्व र कार्यान्वय रास्वपाको कति गजब भन्दै उनले ब्यङ्ग्य समेत गरेका छन्।
प्रकाशित: १८ चैत्र २०८२ ०९:४२ बुधबार