राजनीति

रास्वपाले ‘राइट टु रिकल’ दस्तावेज तयार पार्न बनायो ११ सदस्यीय समिति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ अर्थात् निर्वाचित जनप्रतिनिधिलाई जनताले फिर्ता बोलाउन सक्ने व्यवस्थासम्बन्धी दस्तावेज तयार गर्न ११ सदस्यीय समिति गठन गरेको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा गठन गरिएको समितिमा सांसद, पार्टीका नेता तथा विभिन्न क्षेत्रका सदस्यहरू समेटिएका छन्। पार्टीको भदौ ५ गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार समिति गठन गरिएको रास्वपाका प्रवक्ता जगदिश खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

समितिका सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने रहेका छन्।

समितिले ‘राइट टु रिकल’ सम्बन्धी अवधारणा, कानुनी आधार, कार्यान्वयनको प्रक्रिया तथा आवश्यक व्यवस्थाबारे अध्ययन गरी पार्टीका लागि दस्तावेज तयार गर्ने जनाइएको छ।

समितिको संयोजकमा विपिनकुमार आचार्य तथा सदस्यहरूमा गणेश पराजुली, मनिष झा, समीक्षा बास्कोटा, अनुष्का श्रेष्ठ, सुलभ खरेल, मनिष खनाल, सुशान्त वैदिक, गजला शमिम मिकरानी, करिस्मा कठरिया र प्रमोद न्यौपाने छन्।

प्रकाशित: २६ भाद्र २०८३ २०:२५ शुक्रबार