राजनीति

रास्वपाद्वारा एक मुख्य सचेतक र दुई सचेतक चयन

फाइल फोटो <br>

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक जना मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ।

आज (बिहीबार) बसेको पार्टीको संसदीय दलको बैठकले मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटीलाई चयन गरेको छ। 

यस्तै सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गर्ने निर्णय गरेको रास्वपाले जनाएको छ। 

प्रकाशित: ३ वैशाख २०८३ १३:४७ बिहीबार