राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखको लागि पार्टी उपसभापति डीपी अर्याललाई पठाउने निर्णय गरेको छ ।
पार्टीको आज भएको संसदीय दलको बैठकले अर्याललाई सभामुखका रुपमा प्रस्ताव गर्ने निर्णय गरेको हो ।
संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछाने उपसभापति अर्याललाई सभामुखको उम्मेदवारका रुपमा प्रस्ताव गरेका थिए । सभापति लामिछानेको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो ।
प्रतिनिधि सभामा रास्वपाको दुई तिहाइ नजिकको बहुमत भएकाले अबको संसदमा रास्वपाका उपसभापति अर्याल सभामुख बन्नेछन् ।
सभामुख चयनका लागि आगामी चैत २२ गते निर्वाचन हुनेछ।
प्रकाशित: १९ चैत्र २०८२ १७:२४ बिहीबार