राजनीति

रास्वपाको गुनासो : आफ्नै सांसदले सरकारको विरोध गर्दा विपक्षी बलियो भयो

राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) को दलको बैठकमा मन्त्रीहरूले आफ्नै सांसदहरूले प्रतिपक्षीको जस्तो व्यवहार गर्दा सरकारलाई समस्या परेको गुनासो गरेका छन्। 

रास्वपा सभापति रवि लामिछानेले बुधबार राखेको दलको बैठकमा गृहमन्त्री सुधन गुरुङले सांसदहरूको भूमिकाप्रति असन्तुष्टि जनाउँदै सरकारको विरोध सदनभित्रै नगर्न आग्रह गरेका हुन्। 

बैठकमा गृहमन्त्री गुरुङले आफ्नै सांसदहरूले सरकारको विरोध गर्दा विपक्षी दलहरू बलियो बन्ने अवस्था आएको बताएका थिए। बैठकमा सहभागी एक नेताका अनुसार गुरुङले भनेका थिए, ‘हाम्रै माननीयज्यूहरूले सरकारको विरोध गर्दा विपक्षी बलियो हुन थाल्यो। घरको झगडा घरभित्रै राखौँ, सदनमा विरोध नगरौँ।’ 

उनले सरकार वा गृह मन्त्रालयसँग सम्बन्धित कुनै गुनासो भए सदनमा विरोध गर्नुभन्दा पार्टीभित्रै राख्न आग्रह गरेका थिए। 

प्रकाशित: ३ भाद्र २०८३ १३:४३ बुधबार