राजनीति

काठमाडौंका दशमध्ये नौंमा राप्रपाले तय गर्यो उम्मेदवार, पाँचबाट कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंका दशमध्ये नौं वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। क्षेत्र नम्बर ९ मा उम्मेदवार तय गर्न बाँकी छ।

राप्रपाका एक नेताकाअनुसार, काठमाडौं क्षेत्र नम्बर १ बाट वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र उम्मेदवार बन्ने भएका छन् । उनी २०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग सोही क्षेत्रमा पराजित भएका थिए ।  

राप्रपा नेपालबाट भरखरै राप्रपा आएका पूर्वअध्यक्ष कमल थापा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवार हुने भएका छन् । यस्तै काठमाडौं क्षेत्र नम्बर २ मा कुन्ति पोखरेल, क्षेत्र नम्बर ३ मा सुन्दरसिंह बोहरा, क्षेत्र नम्बर ४ मा सुरेन्द्र भण्डारी र क्षेत्र नम्बर ६ मा उद्धवराज भेटुवाललाई उम्मेदवार बनाउने राप्रपाको निर्णय छ । काठमाडौं क्षेत्र नम्बर ७ मा लालकुमार लामा, क्षेत्र नम्बर ८ मा नवीनकुमार शाही, क्षेत्र र क्षेत्र नम्बर १० मा बलराम थापालाई उम्मेदवार हुन भएका छन् । 

प्रकाशित: ५ माघ २०८२ १६:०६ सोमबार