नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको छ। महाधिवेशन तयारी समितिका संयोजक दीपकप्रसाद कुइँकेलद्वारा जारी विज्ञप्तिमा मंसिर २१, २२ र २३ गते काठमाडौँमा १५ औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय अनुसार प्रतिनिधिहरू तोकिएका छन्।
केन्द्रीय कार्यसमितिको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले चौधौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिले नै १५ औँ महाधिवेशन गराउने वैधानिक दायित्व रहेको जनाइएको छ।
महाधिवेशन कार्यतालिका असोज १५ गते वडा अधिवेशन र मंसिर २१, २२ र २३ गते काठमाडौँमा १५ औँ केन्द्रीय महाधिवेशन आयोजना हुने भएको छ।
त्यसैगरी असोज ३ गतेभित्र जिल्ला, संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा स्तरमा महाधिवेशन तयारी समितिहरू गठन गरिसक्ने निर्णय गरिएको छ।
प्रकाशित: २७ भाद्र २०८३ १७:३९ शनिबार