राजनीति

कांग्रेसकाे केन्द्रीय अनुशासन समिति पुनर्गठन

नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ ।  

कांग्रेस सभापति गगनकुमार थापाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा (७) बमोजिम केन्द्रीय अनुशासन समिति गठन गरेका हुन् । 

थापाले तारामान गुरुङको संयोजकत्वमा धना खतिवडा, रमेशप्रसाद धमला र बजरंग नेपाली सदस्य रहने गरी समिति गठन गरेका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। 

प्रकाशित: ३० वैशाख २०८३ १७:२५ बुधबार