राजनीति

रेखा थापाको प्रश्न: राप्रपाभित्रको किचलोले विशेष महाअधिवेशनको माग भएन र ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय सदस्य रेखा थापाले राप्रपाभित्रको किचलोलाई लिएर टिप्पणी गरेकी छिन्। 

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सो कुरा बताएकी हुन्। थापा लेख्छिन्,'राप्रपा भित्रको किचलोले  विशेष महाअधिवेशनको माग भएन र ?'

बुधबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा झडप भएको थियो ।

चाबहिलको एक पार्टी प्यालेसमा आयोजित अधिवेशनमा संस्थापन निकट र धवलशम्शेर राणा निकट युवाहरूबिच झडप भएको हो ।

अध्यक्ष राजेन्द्र लिङदेन कार्यक्रम स्थलमा आइसकेपछि हात हालाहाल भएको थियो । झडपपछि लिङदेनले अधिवेशन स्थगन गरेको घोषणा गरेका थिए। 

प्रकाशित: २८ श्रावण २०८२ १४:५१ बुधबार