कांग्रेसका युवा नेता सचिन तिमल्सेनाले वाक स्वतन्तता नै लोकतन्त्रको मेरुदण्ड भएको बताएका छन्। उनले सुकुम्बासी डम्बर तामाङलाई ‘हतियार लिएर सिंहदरबार छिर्छु’ भनेकै भरमा पक्राउ गरिएको भन्दै वाक स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका हुन्।
उनले विगतमा प्रधानमन्त्री बालेन्द्र शाहले आवेशमा आएर ‘सिंहदरबार जलाइदिन्छु’ भन्दा पुष्पकमल दाहाले थुन्न चाहेको भएपनि तत्कालिन नेपाली काग्रेस सभापति शेरबहादुर देउवाले ‘भनेको पो हो त, जलाएको छ र?’ भन्दै पक्राउ गर्न नदिएको प्रसंग केलाउँदै उनले राज्य सहिष्णु हुनु पर्ने बेला झनै निरङ्कुश हुदै गएको बताएका छन्।
उनले विगतका धेरै शासकलाई पनि आफू ‘अजेय’ नै सोच्ने गरेको भन्दै सरकारलाई संयम रहन सुझाव दिएका हुन्।
प्रकाशित: १७ असार २०८३ १२:३४ बुधबार