राजनीति

प्रधानमन्त्री शाहको ‘एक्लो’ स्टाटसबारे रविले भने : उहाँ एउटा कवि र कलाकार पनि हो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहको बचाउ गरेका छन्।

प्रधानमन्त्री शाहले केही दिनअगाडि लेखेको स्टाटसमा आफू एक्लो रहेको गुनासो गरेका थिए। सिंहदरबारमा बुधबार आफ्ना दलका मन्त्री तथा सांसदहरूसँग भेटेपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीहरूसँग सोही गुनासोमाथि लामिछानेले बचाउ गरेका हुन्। उनले प्रधानमन्त्री शाह कवि तथा कलाकार भएकाले उनले बोलेका शब्दको सोझो अर्थ मात्र लगाउन नमिल्ने बताए।

लामिछानेले प्रधानमन्त्री शाहसँगै सिंगो पार्टी नै उभिएकाले उनी एक्लो भएको भनाइ राखे। 'उहाँ त एउटा कवि पनि हो, कलाकार पनि हो नि अहिले यहाँ यत्रो भीडमा पनि मैले एक्लो फिल गर्न सक्दिनँ र? त्यसैले हामीले खोजे जस्तो हरेक शब्दको अर्थ खोज्न गयो भने त्यसको राजनीतिक अर्थ भन्ने नै हुँदैन,' उनले भने, 'यत्रो सिंगो पार्टी सँगै उभिएको छ कहाँ उहाँ एक्लो हुनु?'

प्रकाशित: ४ भाद्र २०८३ ०७:४२ बिहीबार