राजनीति

प्रतिपक्षलाई रविले भने- हामीले बाटो बिरायौँ भने बाटो देखाइदिनु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरूले बाटो बिराए सही बाटो देखाइदिन प्रतिपक्षी दलहरूलाई आग्रह गरेका छन्।

संसदमा सम्बोधन गर्ने क्रममा उनले सरकारका कामकारबाहीमा निरन्तर निगरानी राख्न प्रतिपक्षलाई अपिल गरेका हुन्।

सत्तामा रहँदा आफूहरूबाट कुनै गल्ती भएमा त्यसलाई सच्याउन प्रतिपक्षको रचनात्मक भूमिका आवश्यक हुने उनले औंल्याएका छन्।

प्रतिपक्षलाई लक्षित गर्दै उनले भने, ‘प्रतिपक्ष दलहरूले हामीलाई निगरानी गरिदिनुहोला। हामीले बाटो बिरायौं भने बाटो देखाइदिनुहोला।’

संसदलाई प्रतिशोधको नभई स्वस्थ बहसको थलो बनाउने र प्रतिपक्षको आवाजलाई कुनै पनि हालतमा कमजोर हुन नदिने उनले दाबी गरेका छन्।

प्रकाशित: १९ चैत्र २०८२ १४:५८ बिहीबार