रौतहट क्षेत्र नम्बर-४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेलले फराकिलो अग्रता कायम गरेका छन्।
गढीमाई नगरपालिका–९ इनरवाटोल केन्द्रको मतगणना सकिँदा पौडेलले प्रमुख दलका उम्मेदवारलाई ठूलो मतान्तरले पछि पारेका हुन्।
२०८२ फागुन २२ गते बिहान ४:३० बजेको अद्यावधिक विवरण अनुसार, ‘घन्टी’ चिह्नमा चुनाव लडेका पौडेलले ४ सय ४३ मत प्राप्त गरेका छन्।
राम कुमार भट्टराई, दोस्रो स्थानमा छन्। उनको ‘तारा’ चिह्नमा १ सय ५२ मत खसेको छ नेपाली कांग्रेसका उम्मेदवार देवप्रसाद तिमलसेनाले ९४ मत पाएका छन्। त्यस्तै, नेकपा एमालेका उम्मेदवार रामजी साह सोनार २१ मतमा सीमित भएका छन्।
अन्य साना दल तर्फ ‘हर्न’ चिह्नमा ६ मत र ‘छाता’ मा १ मत प्राप्त भएको छ भने ‘मोबाइल’ चिह्नमा कुनै पनि मत खसेको छैन। मतगणना कार्य जारी रहेको छ।
प्रकाशित: २२ फाल्गुन २०८२ ०४:४९ शुक्रबार