पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले रसुवामा आएको बाढीका कारण भोटेकोशी र त्रिशूली नदीमा पानीको बहाव बढेकाले नदी किनारका बासिन्दालाई सतर्क र सुरक्षित रहन आग्रह गरेका छन्।
ओलीले सामाजिक सञ्जालमार्फत रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी किनारमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा बस्न अपिल गरेका हुन्।
उनले बाढीको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गर्न पार्टी, जनसंगठन र स्वयंसेवकहरूलाई समेत आग्रह गरेका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत आवश्यक पर्न सक्ने भन्दै ओलीले पार्टी, जनसंगठन र स्वयंसेवकहरूलाई उद्धार कार्यमा सहयोग गर्न तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
प्रकाशित: १० भाद्र २०८३ ११:५० बुधबार