राजनीति

रास्वपा नेता बम भन्छन्: काठमाडौं–४ मा ३०–४० वर्षअघिका समस्या उस्तै रहेछन्

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट काठमाडौं–४ का उम्मेदवार पुकार बमले आफू निर्वाचन लड्न गएको क्षेत्रमा ३०–४० वर्षअघि समस्या बाँकी रहेको दाबी गरेका छन्। बुधवार नागरिक फ्रन्टलाइन संवादमा कुराकानी गर्दै बमले यस्तो बताएका हुन्। 

‘म एकदमै सरप्राइज्ड के छु भने एउटा विरासत बोकेको क्षेत्र। एउटा पार्टी र नेताको गढ बन्ने न्यारेटिभ बनाएको छ,’ बमले भने, ‘त्यहाँ जाँदै गर्दा बाहिरबाट एउटा उम्मेदवार र पार्टी त हुन्छ नि। अझै पनि सामान्य भन्दा उहाँहरू लगभग उस्तै पाएँ।’ 

गगन थापा लक्षित गर्दै उनले अगाडि भने, ‘पूर्व उम्मेदवारले तीन चोटि जित्नुभएको र त्यो भन्दा अगाडि २०५६ मा सुप्रभा घिमिरे लगायत पाँच चोटि जितेको। त्यसरी हेर्दा खेरी अहिले पनि पानीको समस्या, अहिले पनि ढलको समस्या, अहिले पनि खोलाको समस्या, अहिले पनि सहरी बाढीको समस्या, अहिले पनि बागमती सभ्यतासँग जोडिएको समस्या, पशुपति विकाससँग जोडिएको समस्या।’ ३०–४० वर्षअघि भएको समस्या अहिले पनि त्यही रहेको आफूले पाएको दाबी गरे।

‘उहाँहरूकै सरकार, प्रधानमन्त्री थिए। उहाँहरू आफै मन्त्री हुनुहुन्थ्यो, उहाँकै कोटाबाट सबै संयन्त्र हुँदा पनि मिनिमम कुरा पनि पूरा भएको देखिएन। अहिले त्यो फ्रस्टेसन हामीमा पोखिएको छ,’ उनले भने। 

प्रकाशित: १४ माघ २०८२ १९:२७ बुधबार