राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले स्वास्थ्य बिमालाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउन माग गरेकी छन्।
मंगलबार संसदमा बोल्दै उनले भनिन्, ‘स्वास्थ्य बिमा के गरेर हो कसरी गरेर हो सञ्चालनमा ल्याइदिनुपर्यो। नागरिकहरू बिचल्लीमै परिसके।’
त्यस्तै, सांसद दर्शनाले आफ्नो क्षेत्र काठमाडौं क्षेत्र नम्बर एक स्थित थापाथली प्रसूति गृह पछाडि फोहोर प्रशोधन केन्द्र बन्न लागेको तर त्यहाँ कुनै सूचना टाँस नगरिएको बताइन्। उनले बाटो ढाकेर केन्द्र बनाउन लागिएको र त्यसको स्थानीयले विरोध गरिरहेको उल्लेख गर्दै आमा र बच्चाको स्वास्थ्यमा संवेदनशील हुनुपर्नेमा जोड दिइन्।
उनले भनिन्, ‘प्रशोधन केन्द्र बन्न हुँदैन भनेर त्यहाँका स्थानीयहरूले पनि विरोध गरिरहनु भएको छ। आमा र बच्चाको स्वास्थ्य माथि संवेदनशील हुनु आवश्यक छ।’ त्यस्तै उनले, नेपाल राष्ट्र बैंकमा सुन धितो राखेर कर्जा लिएकाहरूको पीडा उल्लेख पनि उल्लेख गरिन्।
दर्शनाले भनिन्, ‘नेपाल राष्ट्र बैंकमा सुन थियो कान मेरो बुच्चै भन्या जस्तै नेपाल राष्ट्र बैंकमा सुन धितो राखेर पैसा लिनु भएकाहरूले भाद्र २४ गते जुन सुनहरू लुटियो त्यसपछाडि सुन पनि पाउनु भएको छैन सुनको बजार दाम पनि पाउनु भाको छैन लौ न सरकार उहाँहरूको हारगुहार पनि सुनिदिनु पर्यो।’
प्रकाशित: २ भाद्र २०८३ १२:१९ मंगलबार

-600x400.jpg)

