राजनीति

रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका छन् ।

मंगलबार संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले बुधबार सभामुख देवराज घिमिरेसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।

‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागु हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु’ खतिवडाले पत्रमा लेखेका छन् ।

प्रकाशित: २८ श्रावण २०८२ १६:१९ बुधबार