राजनीति

रामकुमारी झाँक्री भोलि एमालेमा फर्कने

पार्टीको निर्णयबाट असन्तुष्ट नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्री एमालेमा फर्कने भएकी छन्।  

उनले एमाले फर्कने तयारीसहित भोलि (सोमबार) औपचारिक कार्यक्रममार्फत एमाले फर्कने भएकी छन् ।  

एमालेले पार्टी छाडेका नेताकार्यकर्तालाई फर्काउन घर फर्क राष्ट्रिय अभियान घोषणा सभा गर्दैछ । कार्यक्रम भोलि दिउँसो साढे २ बजे काठमाडौंको राष्ट्रिय सभा गृहमा हुनेछ ।

यो अभियान आफूहरूको भन्दै झाँक्रीले घर फर्कन आह्वान पनि गरेकी छन् । 

प्रकाशित: २३ कार्तिक २०८२ २१:३४ आइतबार