राजनीति

संसद्‌मा राईको दुई शब्द: कुरी कुरी

श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले प्रतिनिधिसभामा सरकारको आलोचना गरेका छन् । उनको अनौठो शैलीको आलोचनाले चर्चा पनि बटुलेको छ ।  

सीमा सम्बन्धी विवादबारे प्रधानमन्त्री बालेन्द्र शाह बालेनको जवाफ माग गरेर साढे दुई महिनासम्म संसद्‌मा विरोध गर्दा पनि सुनुवाइ नभएको गुनासोसहित उनले सरकारको आलोचना गरे ।  

सम्बोधनका क्रममा उनले भने, ‘सभामुख महोदय, जुन विषयमा एक ढिक्का हुनुपर्छ भनेर मैले अगाडि पनि भनेको थिएँ । नेपालीले मात्र होइन विश्वका मानिसले पनि यो विषयमा कुरी कुरी भनेकाले मेरो भनाई यही अन्त्य गर्न चाहन्छु ।’

प्रकाशित: २५ श्रावण २०८३ १६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App