राजनीति

रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल भएको बताएका छन्।

सभामुखले संसद्को गतिरोध अन्त्य गर्न सक्रिय भूमिका खेल्नुपर्ने बेला विभिन्न कार्यक्रम र यात्रामा अनावश्यक तामझामसहित व्यस्त देखिएको परिस्थितिमा प्रमुख राजनीतिक शक्तिहरूलाई संवादको साझा मञ्चमा ल्याउने प्रयासलाई सकारात्मक रूपमा लिनुपर्ने उनले बताएका हुन्।

'सभामुखले संसदको गतिरोध अन्त्य गर्न सक्रिय भूमिका खेल्नुपर्ने बेला विभिन्न कार्यक्रम र यात्रामा अनावश्यक तामझामसहित व्यस्त देखिएको परिस्थितिमा प्रमुख राजनीतिक शक्तिहरूलाई संवादको साझा मञ्चमा ल्याउने प्रयासलाई सकारात्मक रूपमा लिनुपर्छ,' उनले भने।

यसैगरी, सरकार जनअपेक्षाविपरीत र जनविरोधी ढंगले अघि बढिरहेको, प्रधानमन्त्रीका अभिव्यक्ति र व्यवहारमाथि निरन्तर प्रश्न उठिरहेको तथा परिपक्व नेतृत्वभन्दा बालापन झल्किने शैली देखिएको अवस्थामा राजनीतिक दलहरूबीच संवाद, सहकार्य र सहमति अझ आवश्यक बनेको बस्नेतको भनाइ छ।

'राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउनु सकारात्मक पहल हो। सरकार जनअपेक्षाविपरीत र जनविरोधी ढंगले अघि बढिरहेको, प्रधानमन्त्रीका अभिव्यक्ति र व्यवहारमाथि निरन्तर प्रश्न उठिरहेको तथा परिपक्व नेतृत्वभन्दा बालापन झल्किने शैली देखिएको अवस्थामा राजनीतिक दलहरूबीच संवाद, सहकार्य र सहमति अझ आवश्यक बनेको छ,' सामाजिक सञ्जालमा उनले लेखेका छन्।

प्रकाशित: २५ जेष्ठ २०८३ ०९:२९ सोमबार