राजनीति

प्रधानमन्त्रीलाई लिङदेनको प्रश्न: मन्त्रीहरु लेनदेनमा मुछिदा सुशासन आयोग कहाँ गयाे ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङदेनले प्रधानमन्त्रीको सुशासन आयोग कता छ भन्दै प्रश्न गरेका छन्। 

सोमबार प्रतिनिधि सभामा बोल्दै लिङदेनले मन्त्रीहरु लेनदेनमा मुछिरहँदा प्रधानमन्त्रीको सुशासन आयोग कता गयो भन्दै प्रश्न गरेका हुन्। 

उनले भने,'कहाँ छ प्रधानमन्त्रीको सुशासन आयोग, आज जनताले देशले खोजेका छन्। मन्त्रीहरु एकपछि अर्को लेनदेनमा मुछिएको तथ्य सार्वजनिक भएको छ। यदि नैतिकता छ भने मन्त्रीहरूको बर्खास्त गर्नुपर्छ की नइ।'

उनले सरकारले जनताको ध्यान एकातिर लगेर, देश लुटिरहेको आरोप समेत लगाए । उनले भने, राजावादीलाई तह लगायौ गणतन्त्र विरोधिलाई तह लगायौँ भनेर जनतालाई भ्रम छरेको छ छटु स्यालको कथा पो रहेछ। चिल आयो चिल आयो भन्ने तल चल्ला आफै टिप्ने। जनताको ध्यान एकातिर लगेर, देश लुटेर बस्ने। 

प्रकाशित: ३० असार २०८२ १३:२८ सोमबार

#NagarikNews #Rajendraligdan