राजनीति

सरकारलाई झाँक्रीको प्रश्न : अर्थमन्त्रीको भारत भ्रमण मन्त्रिपरिषदको कतिऔं बैठकबाट स्वीकृत भएको हो?

राष्ट्रियसभा सदस्य रामकुमारी झाँक्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको भारत भ्रमण मन्त्रिपरिषद्को कुन बैठकबाट स्वीकृत भएको हो भन्दै सरकारसँग प्रश्न गरेकी छन्।

सामाजिक सञ्जालमार्फत उनले उक्त प्रश्न गरेकी हुन्। झाँक्रीले हेलो सरकारमार्फत प्रश्न उठाउँदै अर्थमन्त्री वाग्लेको भारत भ्रमण स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकको विवरण सार्वजनिक गर्न माग गरिन्।

‘अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको हालैको भारत भ्रमण मन्त्रिपरिषद्को कति औँ बैठकबाट स्वीकृत भएको हो? यो विषयको पनि जानकारी पाउनु नागरिकको अधिकार हो,’ उनले लेखेकी छन्।

उनले यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएकी छन्।

प्रकाशित: १० कार्तिक २०८३ ०७:१५ मंगलबार